×

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

images

 

काठमाडौँ। उच्च शिक्षाका लागि विदेश अध्ययन गर्न जान चाहने विद्यार्थी, उनीहरूका अभिभावक तथा शैक्षिक परामर्शदाताहरूलाई लक्षित गरी नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’ सञ्चालनमा ल्याएको छ।

उक्त हबको उद्घाटन नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्ट, नबिल बैंकका अध्यक्ष निर्वाणकुमार चौधरी र बैंकका प्रमुख कार्यकारी अधिकृत (CEO) मनोजकुमार ज्ञवालीले संयुक्त रूपमा गर्नुभयो।

एजुकेशन हबबाट वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरूका लागि शैक्षिक कर्जा, विदेशी मुद्रा सुविधा, ट्युसन फी तथा भिसा प्रोसेसिङ शुल्क भुक्तानी, वित्तीय परामर्श र आवश्यक बैंकिङ मार्गदर्शन एकै ठाउँबाट (One-Stop Solution) प्राप्त हुने बैंकले जनाएको छ।

उद्घाटन समारोहमा बोल्दै नबिल बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीले शिक्षामा गरिने लगानी समग्र राष्ट्रको भविष्य निर्माणका लागि भएको बताउँदै विद्यार्थीहरूलाई सहज वित्तीय पहुँच र मार्गदर्शन प्रदान गर्न यो हब स्थापना गरिएको स्पष्ट पार्नुभयो। साथै, आगामी दिनमा देशैभरका शाखाहरूमा कम्तीमा एउटा एजुकेशन हब काउन्टर राखेर यो सेवा विस्तार गरिने जानकारी दिनुभयो।

कार्यक्रममा अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टले पारदर्शी र भरपर्दो बैंकिङ प्रणालीले शैक्षिक क्षेत्रमा विश्वास बढाउने उल्लेख गर्दै नबिल बैंकको यो प्रयासको प्रशंसा गर्नुभयो। बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले विद्यार्थी र अभिभावकका बदलिँदा आवश्यकतालाई ध्यानमा राख्दै एकीकृत बैंकिङ तथा परामर्श सेवा दिन एजुकेशन हबले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

बिहीबार २१ साउन २०८३ ११:०७ AM मा प्रकाशित

प्रतिक्रिया