काठमाडौं । नुवाकोट केन्द्रबिन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्प गएको छ। शनिबार बिहान ५ बजेर २६ मिनेटमा नुवाकोटको बेलकोटगढी केन्द्र बनाएर गएको भूकम्पले काठमाडौं र आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको हो।
यस्तै नुवाकोटसहित धादिङ, रसुवा, गोरखा, सिन्धुपाल्चोकलगायत विभिन्न जिल्लामा पनि भूकम्पको महसुश भएको बताइएको छ ।
हालसम्म कुनै क्षतिको विवरण प्राप्त भएको छैन। यसअघि साउन १५ गते पछिल्लो पटक खोटाङ केन्द्र भएर भूकम्प गएको थियो। २०७२ सालको भूकम्पपछि देशभरका विभिन्न स्थानहरुमा पराकम्प जाने क्रम चलिरहेको छ ।
प्रतिक्रिया