×

डाका समूहद्वारा सप्तरीमा लुटपाट,एक जनाको हत्या

images

 विराटनगर ।  डाकाको समूहले सप्तरीको सुरुङ्गा नगरपालिका-८ को एक घरमा लुटपाट गर्नाका साथै एक जनाको हत्या गरेको छ।

बिहीबार राति डाकाको समूहले  भुरन चौधरीका ५० वर्षीय छोरा कान्तालाल चौधरीको गोली हानी हत्या गरेको  सप्तरी प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताए । डाकाको आक्रमणमा परी चौधरीका भाइ रमाकान्त घाइते भएका छन्।  
४–५ जनाको डाँका समूहले चौधरीको घरमा लुटपाट थालेपछि उनीहरुले प्रतिकार गरेका थिए ।

लुटपाटको प्रतिकार गर्दा घर धनी कान्तालाल चौधरीमाथि सुरुमा धारिलो हतियार प्रहार भएको थियो । धारिलो हतियार प्रहार हुँदा घाइते भएका उनलाई पछि डाँका समूहले गोली प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो । 

चौधरीको घरबाट सुनचाँदीका गरगहना र नगद लुटिएको जनाउँदै प्रहरीले डाकाहरूको खोजी भइरहेको बताएको छ। 

शुक्रबार​ २४ जेठ २०८२ १०:३६ AM मा प्रकाशित

प्रतिक्रिया