×

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

images

काठमाडौं— अमेरिकी डलरको मूल्यमा केही दिनयता स्थिरता देखिएको छ। नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारित विनिमयदर  अनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४९ रुपैयाँ २७ पैसा तोकिएको छ । 

शुक्रबारदेखि नै अमेरिकी डलर यही मूल्यमा कारोबार भइरहेको छ। 

यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ २२ पैसा र बिक्रीदर १७१ रुपैयाँ ९१ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९६ रुपैयाँ १५ पैसा र बिक्रीदर १९६ रुपैयाँ ९४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८६ रुपैयाँ ३५ पैसा कायम गरिएको छ ।  

अस्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०२ रुपैयाँ ८६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ६० पैसा र बिक्रीदर १०७ रुपैयाँ ०३ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपैयाँ ५२ पैसा र बिक्रीदर ११५ रुपैयाँ ९८ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३२ पैसा र बिक्रीदर नौ रुपैयाँ ३५ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ६० पैसा र बिक्रीदर २१ रुपैयाँ ६९ पैसा , साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ६० पैसा र बिक्रीदर ३९ रुपैयाँ ७५ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ७७ पैसा र बिक्रीदर ४० रुपैयाँ ९३ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५५ पैसा र बिक्रीदर चार रुपैयाँ ५७ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ ४८ पैसा र बिक्रीदर ४० रुपैयाँ ६४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०३ पैसा, साउथ कोरियन वन १०० को खरिददर ०९ रुपैयाँ ८४ पैसा र बिक्रीदर ०९ रुपैयाँ ८८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ७६ पैसा र बिक्रीदर १५ रुपैयाँ ७४ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ९२ पैसा र बिक्रीदर २३ रुपैयाँ ०१ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ९७ पैसा र बिक्रीदर १९ रुपैयाँ ०५ पैसा, कुवेती दिनार एकको खरिददर ४८४ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४८६ रुपैयाँ ३० पैसा, बहराइन दिनार एकको खरिददर ३९३ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३९५ रुपैयाँ ३६ पैसा, ओमनी रियाल एकको खरिददर ३८६ रुपैयाँ १६ पैसा र बिक्रीदर ३८७ रुपैयाँ ७१ पैसा रहेको छ  । यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

सोमबार २३ चैत २०८२ ०८:३८ AM मा प्रकाशित

प्रतिक्रिया