×

प्रचण्ड भारी मतान्तरले विजयी, नेकपाले खोल्यो खाता

images

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक प्रचण्ड विजयी भएका छन् । शुक्रबार सम्पन्न अन्तिम मतपरिणामअनुसार प्रचण्ड रुकुम पूर्वबाट १० हजार २४० मतसहित विजयी भएका हुन् ।

यस्तै एमालेका लिलामणि गौतम ३ हजार ६३ तथा कांग्रेसकी कुशुमदेवी थापाले २ हजार ८१ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यससँगै नेकपाले जितको खाता खोलेको छ ।

शुक्रबार​ २२ फागुन २०८२ ०७:३९ PM मा प्रकाशित

प्रतिक्रिया