×

काठमाडौँ-६ : शिशिर खनाल निर्वाचित

images

काठमाडौँ- काठमाडौँ निर्वाचन क्षेत्र नं. ६ मा रास्वपाका उम्मेदवार शिशिर खनाल पुन: निर्वाचित भएका छन्। खनाल २७ हजार ७१९ मत ल्याएर निर्वाचित भएका हुन्।

यसअघि २०७९ को चुनावमा पनि उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए। त्यतिबेला १४ हजार २०४ मत ल्याएका उनले अहिले साढे १३ हजार मत बढाएका हुन्। प्रतिस्पर्धी कांग्रेसका सबुज बनियाले ६ हजार ६४७ र एमालेका अमन मास्केले ४ हजार ३७३ मत ल्याएका थिए।

शुक्रबार​ २२ फागुन २०८२ ०७:५९ PM मा प्रकाशित

प्रतिक्रिया