×

सामाजिक सञ्जालमार्फत ‘आतंक’ फैलाउने सात जना पक्राउ

images

काठमाडौं । सामाजिक सञ्जालमार्फत ठगी गरेर पीडितलाई आतंकित पार्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सामाजिक सञ्जालमा आतंक फैलाएको, समाजमा अशान्ति सिर्जना गरेको र आपराधिक क्रियाकलापपछि पीडितलाई डर र त्रासमा पारेको भन्दै विशेष अपरेशन सञ्चालन गरेको हो । यस्ता गतिविधिहरूमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ परेाक हुन् ।

पक्राउ पर्नेमा रोमन मगर, सुमन पराजुली, मनोहर थापा मगर, रोनिस बरामु, रोशन तामाङ, गोपाल मोक्तान र गुणबहादुर गुरुङ रहेका छन् । पक्राउ परेकाहरूले १०/१५ जनाको समूह बनाई खुकुरी, तरबारले केक काट्ने, मसल प्रदर्शन गर्ने र त्यसको भिडियो बनाई टिकटकमा पोस्ट गर्ने गरेका थिए । यस्ता पोस्टले सामाज अशान्ति फैलने भन्दै प्रहरीले कारबाही सुरु गरेको जनाएको छ ।  

प्रहरीले आतंक सिर्जना गर्ने र गुण्डागर्दी गर्ने समूहलाई कडा कारबाही गर्ने जनाएको प्रहरी यसका लागि विशेष टोली गठन गरेर अपरेशन सुरु गरेको हो । उनीहरुले ग्याङ देखाएर तरबार तथा हतियार प्रदर्शन गर्दै तरबारले केक काटेका भिडिओ टिकटक लगायतका सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए। यस्ता घटनाले समाजमा अशान्ति फैलिने प्रहरीको बुझाई छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेशकुमार बस्नेतले आतंक सिर्जना गर्ने र गुण्डागर्दी गर्ने समूहविरुद्ध कडा रुपमा प्रस्तुत हुने बताए।  पछिल्लो समय आपराधिक समूहको शैली फेरिएको र त्यसको आधारमा गतिविधि हुने गरेको पाइएको प्रहरी अधिकारीको भनाइ छ ।

बिहीबार २४ माघ २०८१ ०८:०० AM मा प्रकाशित

प्रतिक्रिया