×

मन्त्री खड्काले विद्युत् प्राधिकरणमा कार्यकक्ष खोलेर प्राधिकरणको काममा अवरोध गरे - अग्निप्रसाद सापकोटा

images

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणको काममा अवरोध पुर्‍याएको बताएका छन् । मन्त्री खड्काले विद्युत् प्राधिकरणमा कार्यकक्ष खोलेर काममा अवरोध सिर्जना गरेको उनको भनाइ छ ।

बिहीबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको पार्टी केन्द्रीय कार्यालयको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टीको तर्फबाट विरोध जनाएका हुन्। उनले विद्युत प्राधिकरणले लाइन काट्ने कुरा गर्दा मन्त्रीले कार्यकक्ष नै बनाएर बस्न उचित नरहेको टिप्पणी गरे।

उनले भने, ‘विद्युत प्राधिकरणले जुन लाइन काट्ने कुरा गरिरहेको छ, त्यसमा मन्त्रीले नै अनौठो इतिहासमै कहिले नभएको कुरा विद्युत प्राधिकरणमा नै कार्यकक्ष खोलेर बसेर त्यहाँ जुन विद्युत प्राधिकरणले गरेको काममा अवरोध सिर्जना गर्ने काम भएको छ। यस अर्थमा वास्तवमा सरकारले बिचौलियालाई जोगाउने, भ्रष्टाचारीलाई जोगाउने काम गरिरहेको छ। यसका विषयमा पनि व्यवस्थित ढंगले हामी खबरदारी सभामार्फत गर्नेछौँ।’


ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का बुधबार प्राधिकरणको कार्यालयमा कार्यकक्ष बनाएर बस्न पुगेका थिए। सोही विषयलाई लिएर माओवादी केन्द्रले विरोध जनाएको हो।

बिहीबार २० मंसिर २०८१ ०२:०९ PM मा प्रकाशित

प्रतिक्रिया