×

एमाले नेता शेर्पा कारागार चलान

images

 

काठमाडौं । बहुविवाह मुद्धामा पक्राउ परेका नेकपा एमालेका नेता पासाङ शेर्पालाई डिल्लीबजार कारागार चालन गरिएको छ ।

मंगलबार पक्राउ परेका शेर्पालाई बुधबार अदालतमा पेश गरिएको थियो । एमालेको केन्द्रीय सदस्यसमेत रहेका शेर्पालाई बहुविवाह कसुरमा जिल्ला अदालत काठमाडौंले २०७९ चैत २३ मा एक बर्ष कैदसहित ५ हजार जरिवाना गर्ने फैसला गरेको थियो । सोहि आदेश अनुसार अदालतले उनलाई कारागार चलान गरेको हो । 

जिल्लाको आदेशविरुद्ध पुनरावेदन गरे पनि उच्च अदालत पाटनले जिल्लाको फैसलालाई सदर गरेको थियो ।

 

 

बुधबार २० कात्तिक २०८२ ०२:१० PM मा प्रकाशित

प्रतिक्रिया