×

प्रचण्डले प्रतिबद्धता जनाएपछि सम्मेलनमा आए- खनाल

images

 

काठमाडौं । झलनाथ खनालले आफ्ना कुरा सम्बोधन गर्ने प्रचण्डको प्रतिबद्धतापछि आफु एकता राष्ट्रिय सम्मेलनमा आएको बताएका छन् ।

नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै नेता खनालले आफुले पार्टी फुटोस भन्ने कहिले नचाहेको बताउदै नयाँ संकल्प लिएर अगाडी बढ्नुपर्ने बताए । 

उनले भने- म केहि ढिलो आएकै हो । ढिला आउनुको केहि कारणहरु छन् । मैले प्रचण्डलाई सबै कुरा भनेको छु । हामी त्यो कुरा मिलाउछौँ भन्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । म त्यहि विश्वासको आधारमा केहि रिजर्भेसन भएपनि एकतामा बल पुर्याउन यहाँ आएको हो ।'

नेता खनालले संसद भवन, सर्वोच्च अदालत र नेताहरुका घर जलाइएपनि नेपाली जनताको क्रान्त्रिकारी भावना कसैले जलाउन नसक्ने बताए ।

 

 

बुधबार २० कात्तिक २०८२ ०३:५६ PM मा प्रकाशित

प्रतिक्रिया