काठमाडौँ । आज विश्वभर विश्व शिक्षक दिवस मनाइदैछ ।
विश्व शिक्षक दिवस सन् १९९४ बाट मनाउन थालिएको हो । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)को आह्वानमा यो दिवस मनाउन थालिएको हो । युनेस्कोका अनुसार विश्व शिक्षक दिवसको अन्तर्राष्ट्रिय श्रम संगठन, युनिसेफ र एजुकेसन इन्टरनेसनलको साझेदारीमा यो दिवस मनाउने गरिएको छ ।
विद्यार्थीको जीवनमा शिक्षकद्वारा दिइएको शिक्षा तथा मार्ग दर्शनका लागि निर्वाह गरिएको भूमिकालाई स्मरण गरिन्छ । सम्पूर्ण शिक्षकलाई सम्मान गर्न यो दिवस हरेक वर्ष मनाउने गरिएको हो ।
यस वर्ष विश्व शिक्षक दिवसका लागि 'शिक्षकलाई सबल बनाउँदै: सहनशक्ति सुदृढ गर्दै, दिगोपन निर्माण गर्दै' भन्ने नारा दिइएको छ ।
नेपालमा भने आज भिषण बर्षाको कारण देशभर सार्बजनिक बिदा दिइएकोले शिक्षक दिवसको औपचारिक कुनै कार्यक्रम हुने सम्भावना कम रहेको छ ।
प्रतिक्रिया