फलेन्द्र मगर / युएई
५- अगष्ट अन्तरास्ट्रिय विश्व आदिवासी दिवस युएईमा पनि आउदो ११ अगष्टका दिन युएईको दुबई शहर स्थित क्लब एभरेष्टको सभा हलमा विशेष कार्यक्रमका बिच भब्यताका साथ हुने भएको छ ।
सांविधान प्रदत्त अधिकार आदिवासीहरुको विषेश क्षेत्राधिकार, संरक्षितक्षेत्र र स्वायत्त क्षेत्र कार्यान्वयन गर, प्रदेश र स्थानीय तह लाई सरकारी कामकाजमा आदिवासी जनजातिको मातृ भाषा लागू गर " भन्ने मुल नाराका साथ मनाउन लागिएको “३०औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस -२०२४ को तयारी अन्तिम चरण मा पुगेको नेपाल आदिवसी जनजाती महासंघ, युएईका अध्यक्ष विक्रम लिम्बुले जानकारी दिए ।
सन: १९९४ डिसेम्बर २३ का दिन संयुक्त राष्ट्रसंघको साधारण सभाले ९ अगष्ट का दिन अन्तरास्ट्रिय आदिवासी दिवसका रुपमा मनाउने अवधारणा अगाडि बढाए अनुसार हरेक ९ अगष्टका दिन विश्व भरी यो दिवस मनाउदै आएको छ । तर वैदेशिक रोजगारमा रहेका नेपालिहरुले भने सार्वजनिक विदाको दिन लाई अनुकुल पारेर हरेक वर्ष यो कार्यक्रमको आयोजना गर्दै आएका छन । सोही अनुसार यो वर्ष युएईमा ११अगष्टका दिन मनाउन लागिएको हो ।
नेपाल आदिवासी जनजाती महासंघ, युएई (नेफिन) र आवद्ध ११ वटै जातिय संघसंस्थाहरु को संयुक्त आयोजनामा सम्पन्न हुने उक्त कार्यक्रममा सबै आदिवासी जनजातिहरुको मौलिक संस्कृति झल्किने भेषभुषा सहितको झाँकी प्रस्तुत हुनेछ । साथै पौराणिक संस्कृति झल्किने सर सामाग्री सहितको स्टल समेत रहने जानकारी नेफिन युएईका महासचिव धनकृष्ण राई (डिके ) किराँती ले जानकारी दिए ।
उक्त कार्यक्रममा आआफ्नो समाजलाई विषेश योगदान पुर्याए बापत हरेक मातृ संघसंस्थाबाट एक महिला र एक पुरुषलाई सम्मान गरिनुका साथै मिस्टर एण्ड मिस आदिवासी प्रतियोगिता को समेत आयोजना हुने छ । साथै आदिवासी युवा महासंघ युएई, एभरेष्ट १०० रेष्टुरेन्ट र राजवंशी सेवा समाज, युएई को सहकार्य हुने आयोजक ले बताए।
नेपाल आदिवासी जनजाति महासंघ, युएईमा हाल सम्म # तमु समाज, युएई # नेपाल मगर संघ शाखा, युएई # तामाङ समाज, युएई # किरात राई यायोख्या शाखा, युएई # किरात याक्थुङ्ग चुम्लुङ्ग, युएई # थारु कल्याणकारी सभा, युएई # नेवा पुचः , युएई # शेर्पा किदुङ, युएई # प्रवासी भुजेल समाज सेवा ,युएई # सुनुवार सेवा समाज शाखा, युएई र माझी समाज, युएई गरि ११ वटा मातृ संस्थाहरु आवद्ध रहेका छन ।
प्रतिक्रिया