×

पहिरोसँगै रुख ढलेर माइक्रो बसमाथि बजारियो , ७ जना यात्रुहरु घाइते

images

काठमाडौँ - पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै बाङ्गेमा सडक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ ।

सुख्खा पहिरो खस्दा गुडिरहेको एउटा माइक्रोबसमा पनि क्षति पुगेको छ भने केही यात्रु घाइते भएका छन् । धादिङबेंसीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको ईभी माइक्रो बस गजुरी–५ जरेखोला नजिक पहिरोमा परेको थियो । पहिरोसँगै रुख ढलेर माइक्रो बसमाथि बजारिएको थियो ।

पहिरोमा परेको माइक्रोबसका यात्रुलाई उद्धार गरी उपचारका लागि गजुरी अस्पताल पठाइएको छ । सुख्खा पहिरो खसिरहेकोले राजमार्ग अवरुद्ध बनेका कारण काठमाडौं भित्रने र बाहिरिने सवारी रोकिएका छन् । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार माइक्रो बसमा सवार ७ जना यात्रुहरु घाइते भएका छन् । उनीहरुको परिचय खुलिसकेको छैन ।

सोमबार २१ साउन २०८१ १०:२१ AM मा प्रकाशित

प्रतिक्रिया