×

अध्यक्ष ओली र नेता लेखकको रिट हेर्दाहेर्दैमा

images

काठमाडौँ- पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिट ‘हेर्दाहेर्दै’ मा राखिएको छ।

बहस नसकिएपछि रिटमाथिको सुनुवाई ‘हेर्दाहेर्दै’ मा राखिएको हो। रिटमाथि सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासमा पेसी तोकिएको थियो।

यसअघि १६ चैतमा रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको थियो। सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको इजलासले ओली र लेखको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै कारण देखाऊ आदेश दिएको थियो।

गैरकानुनी रूपमा पक्राउ गरेको भन्दै ओलीकी पत्नी राधिका शाक्य र लेखककी पत्नी यशोधा लेखकले बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी छन्।

भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले गरेको कारबाही सिफारिसका आधारमा सरकारले चैत १४ गते प्रहरीले ओली र लखेकलाई पक्राउ गरेको थियो।

आइतबार​ २२ चैत २०८२ ०८:५८ PM मा प्रकाशित

प्रतिक्रिया