काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लोकतन्त्रलाई सुदृढ बनाउनका लागि सामाजिक सञ्जालमाथि नियमन आवश्यक रहेको बताएका छन् । आज (बुधबार) रफत सञ्चार क्लबको १५औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अराजकता, उश्रृङ्खलाता र स्वच्छन्दतावादले लोकतन्त्र बलियो नहुने बताएका हुन् ।
मन्त्री गुरुङले नेपालको संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रता अराजकता, उश्रृङ्खलता र स्वच्छन्दता नरहेको दाबी गरे । संसद्मा पेश भएको सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकमाथि छलफल भएर पारित हुनेमा उनले विश्वास व्यक्त गरे ।
‘अनलाइन क्षेत्र साँच्चै नै धेरै छाडा छ नि । सबैले महशुस गर्नुपर्ने विषय होईन । अराजकतालाई प्रश्रय दिएर हाम्रो लोकतन्त्र बलियो हुन्छ ? प्रेस स्वतन्त्रताको अर्थ अराजकता हो र ? जे मन लाग्यो त्यो भन्न पाउने, जे मन लाग्यो त्यो गर्न पाउने स्वतन्त्रता हो र ?’ प्रश्न गर्दै उनले भने ।
पछिल्लो समय साइबर क्राइम बढिरहेको पनि उनले बताए । उनले छिट्टै एआईको राष्ट्रिय नीतिसमेत बनाइने बताए ।
प्रतिक्रिया