×

कांग्रेसले आगामी निर्वाचनमा कुनै तहका जनप्रतिनिधिलाई उम्मेदवार नबनाउने

images

काठमाडौं । नेपाली कांग्रेसले कुनै तहका जनप्रतिनिधिलाई पनि आगामी निर्वाचनमा उम्मेदवार नबनाउने भएको छ । केन्द्रीय कार्यालयबाट उम्मेदवार सिफारिसको मापदण्डमा थप प्रस्ट पार्दै पठाएको परिपत्रमा राष्ट्रिय सभा र प्रदेश सभामा रहेकाहरूलाई उम्मेदवार सिफारिस नगर्न भनेको हो । ‘राष्ट्रिय सभामा हाल बहाल रहनु भएका माननीय सांसदहरूको नाम उम्मेदवारको रूपमा सिफारिस गर्न पाइने छैन’ परिपत्रमा भनिएको छ, ‘प्रदेश सभामा हाल बहाल रहनुभएका प्रदेश सभा सदस्यहरूको नाम उम्मेदवारको रूपमा सिफारिस गर्न पाइने छैन ।’

मुख्य सचिव कृष्णप्रसाद पौडेलले परिपत्र गर्दै उम्मेदवार सिफारिससम्बन्धी यसअघिको परिपत्रबारे प्रष्ट पारेका हुन् । मुख्यसचिवले गरेको परिपत्रमा मातहतका कार्यसमितिलाई राष्ट्रियसभा र प्रदेश सभामा हाल बहालमा रहेका व्यक्तिलाई उम्मेदवारका लागि सिफरिस नगर्न भनेका हुन् ।

 

बिहीबार १९ मंसिर २०८२ १२:१९ PM मा प्रकाशित

प्रतिक्रिया