१८ असोज, काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान प्रधानमन्त्री संसद्प्रति उत्तरदायी नहुँदा देशको सर्वोच्च जनप्रतिनिधिमुलक संस्था बन्द अवस्थामा पुगेको आरोप लगाउनुभएको छ । आइतबार काठमाडौँको ऐतिहासिक खुलामञ्चमा सुरु भएको नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनको भव्य उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभापति थापाले प्रधानमन्त्री जनता र संसद्का प्रश्नहरू सुन्नबाट भागिरहेकाले देशलाई यतिबेला विचार मन्थन गर्ने 'खुलामञ्च' चाहिएको बताउनुभयो ।
१८ असोज, काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली कांग्रेसले आफ्नो गौरवमय इतिहास, राजनीतिक आदर्...
खुलामञ्चबाट कांग्रेसमाथि रवि लामिछानेको चौतर्फी प्रहार: "इतिहासको आदर्श र निष्ठा जोगाएको भए म अर्कै पार्टी खोल्ने थिइनँ, कांग्रेसकै सिपाही हुन्थेँ"
सभापति थापाले १० वर्षपछि पुनः राजनीतिक गतिविधि र जनसंवादका लागि खुला भएको खुलामञ्च केवल काठमाडौँको एउटा सार्वजनिक चौर मात्र नभई यो नेपाली लोकतन्त्र, असहमति र खुला बहसको ऐतिहासिक प्रतीक भएको उल्लेख गर्नुभयो ।
सम्बोधनका क्रममा थापाले देशमा विधिको शासन र लोकतन्त्रलाई जीवित राख्नका लागि भौतिक खुलामञ्च जस्तै खुलापन संसद् र सिंहदरबारभित्र पनि अनिवार्य भइसकेको औंल्याउनुभयो । उहाँले भन्नुभयो, “संसद् अहिले वास्तवमा खुला छैन, यो बन्द छ। जुन संसद्ले जसलाई प्रधानमन्त्री बनाएको छ, उहाँको संसद्मा सम्मानपूर्वक उपस्थिति रहँदैन र उहाँले नागरिकका प्रश्नको सामना गर्नुहुन्न, त्यो दिनसम्म संसद् खुला भएको मानिँदैन।” सत्तामा बस्नेहरूले जनताका तीता र टर्रा प्रश्नहरू सुन्नैपर्ने र उनीहरूसँग संवाद गर्नैपर्ने लोकतान्त्रिक चरित्र गुमाउँदै गएकोमा उहाँले कडा आक्रोश व्यक्त गर्नुभयो ।
नेपालका ऐतिहासिक नेताहरू बीपी कोइराला, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालाले यही खुलामञ्चबाटै देशको राजनीतिक दिशा परिवर्तन गर्ने आन्दोलनको नेतृत्व गरेको स्मरण गर्दै थापाले यसले फरक मत र गम्भीर मतभेदहरूलाई पनि एउटै ठाउँमा ल्याएर संवाद गर्ने संस्कार सिकाएको बताउनुभयो ।
उहाँले यो खुलापन अब काठमाडौँमा मात्र सीमित नभएर पहाडदेखि मधेससम्मका प्रत्येक समुदायमा पुग्नुपर्ने धारणा राख्नुभयो। “हामीलाई यस्तो खुलामञ्च चाहिएको छ जहाँ पहाडका मानिसले मधेसको बारेमा टिप्पणी मात्र गर्ने होइन, मधेसका नागरिकसँग सिधै संवाद गरोस्,” थापाले भन्नुभयो। यसका साथै सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्महरूलाई पनि केवल गालीगलौज र प्रतिक्रियाको थलो नबनाई तथ्य र तर्कमा आधारित खुला बहसको डिजिटल खुलामञ्चका रूपमा विकास गर्नुपर्ने उहाँको भनाइ थियो।
प्रतिक्रिया