×

पोर्चुगलको राजधानी लिस्बनमा रेल दुर्घटना, १५ जनाको मृत्यु

images

काठमाडौँ । पोर्चुगलको राजधानी लिस्बनमा रहेको प्रसिद्ध ग्लोरिया फ्युनिक्युलर रेलको एक कोच पटरीबाट खस्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।

पोर्चुगलको आपतकालीन सेवाका अनुसार यो दुर्घटना बुधबार साँझ (स्थानीय समय) करिब ६ बजे भएको थियो । पोर्चुगलको आपतकालीन चिकित्सा सेवा प्राधिकरणले घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको र बाँकी १३ जनालाई सामान्य चोटपटक लागेको बताएको छ । यसमा एक बच्चा पनि समावेश छ ।

पहिले घटनास्थलमा धेरै मानिसहरू फसेको रिपोर्ट गरिएको थियो । तर अधिकारीहरूले सबैलाई बाहिर निकालिएको जानकारी दिएका छन् ।

पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डे सुजाले दुर्घटनामा परेकाहरूका परिवारप्रति समवेदना व्यक्त गरेका छन् । लिस्बनका मेयर कार्लोस मोएडेसले यो राजधानीको लागि 'दुःखद क्षण' भएको बताए । आपतकालीन सेवाले मृतकहरूमा विदेशीहरू भएको बताएपनि उनीहरु कुन देशका हुन् भन्ने पुष्टि हुन बाँकी छ ।

 

बिहीबार १९ भदौ २०८२ १२:१२ PM मा प्रकाशित

प्रतिक्रिया