काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सामाजिक सञ्जाल बन्द हुने सङ्केत गरेका छन् । विहिबार बिहान सामाजिक सञ्जालमा पोष्ट गर्दै महासचिव पोखरेलले सामाजिक संजाल बन्द भइ नखुल्दासम्म त्यसले खल्वल्याइदिएका असल सामाजिक परम्पराहरु पुनर्स्थापित गर्ने कोशिस गर्न आग्रह गरेका छन् ।
दर्ता हुन दिएको म्याद गएराती सकिएसँगै सरकारले नेपालमा फेसबुकसहितका सामाजिक सञ्जाल बन्द गर्ने चर्चा चलिरहेको बेला महासचिव पोखरेलले यस्तो टिप्पणी आएको हो । उनले भनेका छन्- सामाजिक संजाल बन्दभइ नखुल्दासम्म त्यसले खल्वल्याइदिएका असल सामाजिक परम्पराहरु पुनर्स्थापित गर्ने कोशिस गरौं । सुखद अनुभूती हुनेछ ।
प्रतिक्रिया