×

चीनसँगको फलदायी वार्ता भएको आईएमएफ प्रमुखको भनाइ 

images


अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की प्रमुखले सोमबार चीनको भ्रमण सम्पन्न गर्ने क्रममा चीनका उच्च अधिकारीसँग भएको ‘फलदायी र ठोस’ वार्ताको प्रशंसा गर्नुभएको छ । 

महामारीबाट समग्र विश्वव्यापी आर्थिक पुनरुत्थान सुस्त भइरहेको र यस वर्ष विश्वव्यापी आर्थिक वृद्धिको लागि आफ्नो दृष्टिकोणमा केही सुधार गरिएको आईएमएफले जुलाईमा जानकारी गराएको थियो । 

विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनमा आईएमएफले सन् २०२३ मा ५.२ प्रतिशतले आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । हालैका महिनाहरूमा कमजोर उपभोक्ता माग, उच्च युवा बेरोजगारी र महत्वपूर्ण सम्पत्ति क्षेत्रको सङ्कटले कोभिड–१९ पछि कमजोर अवस्थामा पुगेको आर्थिक वृद्धि दरमा थप वृद्धि भएको आईएमएफले जनाएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषकी प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले प्रधानमन्त्री ली खछ््याङ, उपप्रधानमन्त्री हे लिफेङ, केन्द्रीय बैंकका गभर्नर पान गोङसेङ र अर्थमन्त्री लिउ कुनलगायत चिनियाँ नेतृत्वसँग निकै फलदायी र ठोस छलफल भएको बताउनुभयो । 

समूहले ‘विश्व अर्थतन्त्रको अवस्था र यहाँ चीनमा भएका घटनाक्रमका बारेमा’ कुरा गरेको जर्जिएभाले सामाजिक सञ्जाल ’एक्स’मा पोस्ट गरिएको एक भिडियोमा बताउनुभएको छ ।

बुल्गेरियाली अर्थशास्त्री जर्जिएभालले भन्नुभयो, “हामीले चीन सरकारले (वृद्धि) लक्ष्यलाई अगाडि बढाउन चालेका कदमहरूको बारेमा कुरा ग¥यौँ । यो लक्ष्य ‘चीनका लागि र समग्र विश्वका लागि महत्वपूर्ण’ थियो ।”

उहाँले भन्नुभयो, “कोभिड र युद्धको झट्काको प्रभावबाट धेरै देशहरू असुरक्षित भएको विश्वमा आईएमएफसँग उनीहरूलाई सहयोग गर्न वित्तीय शक्ति हुनु महत्वपूर्ण छ ।

उहाँले भन्नुभयो, “विश्वव्यापी वित्तीय सुरक्षाको केन्द्रमा आईएमएफको भूमिकालाई मान्यता दिएकोमा म चीनप्रति आभारी छु ।”

सोमबार १८ भदौ २०८० ०३:२५ PM मा प्रकाशित

प्रतिक्रिया