कञ्चनपुर । नेपाल–भारत जोड्ने बनबासा पक्की पुलमा चारपांग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–११, गड्डाचौकीस्थित महाकाली नदीमा पानीको बहाव बढेपछि उक्त पुलमा चारपांग्रे सवारीको आवतजावत बन्द गरिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भनेको छ- मिति २०८२।०४।१९ गते बिहान ८ बजेको समयमा जिल्ला कञ्चनपुर भि.न.पा.११ गड्डाचौकी स्थित महाकाली नदीमा पानीको बहाव वृद्धि भई १,०९,९८० क्युसेक पुग्न गई महाकाली नदीमा रहेको नेपाल-भारत जोड्ने बनबासा पक्की पुलमा चार पाङग्रे सवारी साधन आवतजावत बन्द गरिएको छ ।'
प्रतिक्रिया