×

तीनकुने घटना : दुर्गा प्रसाईंसहित २५ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति

images

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

थपिएको म्याद सकिएसँगै आज पुन: उनलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिएको थियो। अदालतले आइतबार छैटौंपटक म्याद थप गर्दै मिश्रलाई अझै पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो। 

तीनकुनेको राजावादी प्रदर्शनका जनकमाण्डर भनिएका दुर्गा प्रसाईंविरुद्ध कर्तव्य ज्यानसहित ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव, संगठित अपराध र राजद्रोहको समेत मुद्दा लगाइएको छ । 

मिश्रलाई भने राजद्रोह र संगठित अपराधको मुद्दा चलगाइएको छ । मिश्र १५ चैतमै पक्राउ परेका थिए भने प्रसाईंलाई प्रहरीले भारतबाट पक्राउ गरेर ल्याएको थियो ।

मिश्रसँगै पक्राउ परेका सांसद् धवलशमशेर राणा प्रहरीले स्वास्थ्यलाई कारण देखाउँदै दुई साताअघि छाडेको थियो । छुटेका धवलशमशेर राप्रपाको एक कार्यक्रममा समेत देखिएका थिए । मिश्र र  प्रसाईसहित २५ जनामाथि प्रहरीले थुनामा राखेर राज्यविरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ ।

आइतबार​ २१ बैशाख २०८२ ०८:५२ PM मा प्रकाशित

प्रतिक्रिया