काठमाडौं- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको घरमा सम्पत्ति शुद्धीकरण विभागले छापा मारेको छ । विभागको टोलीले बानियाँको निर्माण कम्पनीको कार्यालयमा सोमबार छापा मारेको हो ।
विभागको टोलीले काठमाडौंको नक्साल र सुन्धारास्थित कार्यालयमा पनि छापा मारेको हो । विभागको अर्को टोली बागमतीको राजधानी हेटौंडास्थित घर र कार्यालयमा छापा मार्न पुगेको छ । बानियाँ ‘ए’ क्लास निर्माण व्यवसायी हुन् । उनलेे कयौं निर्माण योजना अलपत्र पारेको आरोप लागिरहेको छ । उनले अवैध रूपमा सम्पत्ति आर्जन गरेर लुकाएको उजुरीपछि विभागले अनुसन्धानका लागि छापा मारेको हो ।
अवैध सम्पत्ति लुकाएको शंकामा उनको घर तथा कार्यालयमा विभागले छापा मारेको हो। हेटौंडाको सानोपखेरामा उनको बानियाँ निर्माण सेवा (बीएनएस) को कार्यालय छ। त्यहीँ घर पनि छ। निवास, कार्यालय दुवै ठाउँमा एकै साथ छापा मारेर विभागले कागजपत्रहरु लगेको छ। अन्य धेरै कम्पनीका उनी लगानीकर्ता हुन्। स्रोतका अनुसार, काठमाडौंको नक्साल र सुन्धारामा पनि विभागले छापा मारेको हो ।
प्रतिक्रिया