×

सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीमा दावी पेश गर्न दलहरुलाई आह्वान

images

कैलाली । सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले सरकार गठनका लागि आव्हान गरेका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सुदूरपश्चिम प्रदेशको प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नका लागि उनले सात दिनको समय सीमा राखेर आव्हान गरेका हुन् ।

मुख्यमन्त्री नियुक्तिका लागि पुस २७ गते साँझ ५ बजेसम्मको समय निर्धारण गरिएको छ । सुदूरपश्चिम प्रदेशसभामा कुनै पनि दलको बहुमत छैन । त्यसैले बहुमत पुर्‍याउनका लागि दुई वा दुई भन्दा बढी दल मिल्नुपर्नेछ ।५३ सदस्य रहेको सुदूरपश्चिम प्रदेशसभामा बहुमतका लागि २७ सांसद चाहिन्छ ।

यहाँ कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ नेकपा एकीकृत समाजवादीका ४ राप्रपाका एक र स्वतन्त्र एक सांसद छन् ।

बुधबार २० पुस २०७९ ०१:०४ PM मा प्रकाशित

प्रतिक्रिया