×

मिस अर्जेन्टिना र मिस पुर्टो रिकोले गरे विवाह

images

एजेन्सी - अर्जेन्टिना र पुर्टो रिकोका दुई सुन्दरीले आपसमा विवाह गरेका छन्। सिएनएनका अनुसार मिस अर्जेन्टिना २०२० मरियाना भरेला र सोही वर्ष मिस पुर्टो रिको बनेकी फाबिओला भ्यालेन्टिनले गत अक्टोबर २८ मा विवाह गरेका हुन्।

२६ वर्षकी भरेला र २२ वर्षकी भ्यालेन्टिन डेढ वर्षदेखि प्रेम सम्बन्धमा थिए। आफ्नो सम्बन्धबारे उनीहरूले कसैलाई जानकारी दिएका थिएनन्। पूर्व मिस अर्जेन्टिना र पूर्व मिस पुर्टो रिकाले आफ्नो विवाहको खबर सार्वजनिक गरेर प्रशंसकलाई अचम्मितका साथै उत्साहित बनाएका छन् । यी दुईले इन्स्टाग्राममा आफूहरु विवाहित भएको खुलासा गरेका छन् ।

सन् २०२० मा थाइल्यान्डमा भएको मिस ग्रान्ड इन्टरनेशनलमा उनीहरूबीच भेट भएको थियो। उक्त प्रतियोगिताको टप १० सम्म पुगेका दुबै जना त्यसपछि साथी बनेका थिए। शीर्ष १० मा पुगेका यी दुबै सोसल मिडियामा जोडिए । निकै मिल्ने साथी पनि भए । तर धेरैलाई के थाहा थिएन भने यी दुईले त्यतिबेलादेखि नै एक–अर्कालाई डेट गरिरहेका थिए ।

 यी दुईले इन्स्टाग्राममा एउटा रिल सेयर गरेका छन् जसमा उनीहरुलाई निकै रोमान्टिक अन्दाजमा देखिएको छ । यी दुईले अक्टोबर २८ मा पुर्टो रिकोमा विवाह गरेका हुन् । ‘हाम्रो सम्बन्धलाई गोप्य राख्ने निर्णयसहित, हामीले यसको ढोका हाम्रो विशेष दिनमा खोलिदिएका छौँ,’ स्प्यानिसमा भाषामा क्याप्सनमा लेखिएको छ ।

 

 

 

 
बिहीबार १७ कात्तिक २०७९ १२:४३ PM मा प्रकाशित

प्रतिक्रिया