×

स्कुलको बसबाट टाउको बाहिर निकाल्दा रुखमा ठोक्किएका बालकको मृत्यु

images

काठमाडौँ – काठमाडौंको लाजिम्पाटमा बसको झ्यालबाट टाउको निकाल्दा रूखमा ठोक्किएर एक बालकको मृत्यु भएको छ।

हिजो दिउँसो साढे ३ बजे बा १ क ४६४२ नम्बरको स्कुल बसमा सवार नयाँ बसपार्क बस्ने १३ वर्षीय आयुष्मान दाहालले बसको झ्यालबाट टाउको बाहिर निकाल्दा रुखमा ठोक्किएको थियो। बेलामा दुर्घटना भएको थियो। दाहाल बसको पछाडिको सिटमा बसेका थिए।

उनी ५ कक्षामा अध्ययरत थिए। घटनापछि गम्भीर घाइते भएका उनलाई उपचारका लागि महाराजगन्जस्थित टिचिङ अस्पताल लगिएको थियो। त्यहाँ उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए। उनका अनुसार बालकको आज बिहान सवा २ बजे मृत्यु भएको हो।  बस सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

बिहीबार १७ कात्तिक २०७९ ०१:०४ PM मा प्रकाशित

प्रतिक्रिया