×

बृहत् एकताका लागि एनआरएनए उच्चस्तरीय समितिले सुरु गर्‍यो वार्ता

images

काठमाडौँ । गैरआवासीय नेपाली संघ ( एनआरएनए) को उच्चस्तरीय न्यायिक तथा मेलमिलाप समितिले संस्थाभित्र बृहत् एकताका लागि  वार्ता सुरु गरेको छ ।

गत  मे ३–४  मा काठमाडौँमा भएको एकताको महाधिवेशनबाट २०२५-२७ कार्यकालका  लागि  निर्वाचित महेशकुमार श्रेष्ठ नेतृत्वको कार्यसमितिले एकता महाधिवेशनमा सहभागी नभएको पक्षलाई समेत समेट्न  लागि वार्ता सुरु गरेको हो।   राजेन्द्रकुमार (आरके) शर्माको  संयोजकत्वमा गठित ५ सदस्यीय समितिलाई पूर्णता दिइए लगत्तै वार्ता प्रक्रिया सुरु भएको हो ।

समितिको सदस्यमा जानकी गुरुङ, सुनील शाह, नारायण आचार्य र शनि  ओली रहेका छन् ।

समितिको पहिलो बैठकले एकताको प्रयासलाई सार्थकता प्रदान गर्नका लागि संस्थाका पूर्व अध्यक्षहरू,  राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अध्यक्षहरूका साथै सरोकारवालासँग छलफल गर्ने निर्णय गरेको छ । पहिलो बैठकमा आमन्त्रितको रूपमा सहभागी अध्यक्ष महेश कुमार श्रेष्ठ र महासचिव बाबुराम (बीआर) लामाले वार्ताबाट संस्थागत एकता कायम गर्नका लागि हर सम्भव आग्रह गरेका थिए । समितिले गर्ने निर्णय मान्य हुने गरी काम गर्न पनि अध्यक्ष र महासचिवले समितिलाई प्रस्ट पारेका थिए ।

सर्वोच्च अदालतको एक  फैसला अनुसार बद्री केसी पक्षले आफ्नो कार्यकाल अक्टोबर १४, २०२५  सम्म हुने दाबी गर्दै आएको छ भने  त्यसपछि उक्त कार्यसमिति स्वतः भङ्ग हुने छ ।

शुक्रबार​ १७ असोज २०८२ ०८:१८ PM मा प्रकाशित

प्रतिक्रिया