×

दुई उपाध्यक्षको फरक मत केन्द्रीय कमिटीको निर्णयमा हो, दस्ताबेजमा होइन- महासचिव पोखरेल

images

काठमाडौँ । नेकपा एमालेको विधान अधिवेशनको तयारी गरिरहेको जानकारी दिएको छ ।

बुधबार पत्रकार सम्मेलन गर्दै  प्रचार बिभाग प्रमुख राजेन्द्र गौतमले भदौं २०, २१ र २२ गते ललितपुरको गोदावरीमा हुने विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको जानकारी दिदै यी प्रतिवेदनलाई सचिवालयले पारित गरेर विधान महाधिवेशनमा पेश गरिने जानकारी दिएका छन् ।

पत्रकार सम्मेलनमा महासचिव शंकर पोखरेलले केन्द्रीय कमिटीको बैठकमा दुई उपाध्यक्ष सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले पुर्व राष्ट्रपतिलाई सदस्यता दिने विषयमा फरक मत राखेको स्पष्ट गर्दै दुवैको फरक मत दस्ताबेज माथि नरहेको स्पष्ट गरे । उनले सचिवालय बैठकले निर्णयको असहमतिलाई विधान महाधिवेशनमा प्रस्तुत गर्ने की नगर्ने भन्ने सचिवालय बैठकले निर्णय गर्ने बताए । 

उनले भने- दस्ताबेज माथिको फरक मत आएको छैन, केन्द्रिय कमिटीको निर्णयमाथि दुई उपाध्यक्षको फरक मत छ, त्यो हामीले जानकारी गराएका छौं । फरक मतको छलफल हुने आफ्नै विधि छ । कसैले फरक मत राखेमा सम्बन्धित अधिवेशनमा छलफल गर्ने पार्टीको विधि रहेको छ । अहिले केन्द्रिय कमिटीको निर्णयमाथिको फरक भएकोले विधान महाधिवेशनमा केन्द्रिय कमिटीको निर्णयको फरक मत बारे छलफल गर्ने या नगर्ने भन्ने विषय सचिवालय बैठकले स्पष्ट गर्ने छ ।'

त्यस्तै महासचिव पोखरेलले कर्ण बहादुर थापाले विधानकै बारेमा असहमति राखेको भन्दै त्यो विषय कसरी छलफलमा ल्याउने भन्ने बारे सचिवालयले निर्णय गर्ने स्पष्ट गरेका छन् ।

महासचिव पोखरेल पुर्व राष्ट्रपति विद्या भण्डारीको सदस्यता खोसिएको नभएर त्यागेको सदस्यता कायम गर्ने या नगर्ने भन्ने पार्टीले निर्णय गरिसकेको र सो निर्णयमा पार्टी अडिग रहेको स्पष्ट गरे ।

बुधबार १८ भदौ २०८२ ०८:२२ PM मा प्रकाशित

प्रतिक्रिया