×

बलिवुडकी सैयारा फेम अभिनेत्री अनीत काठमाडौँमा

images

काठमाडौँ । बलिवुडकी सैयारा फेम अभिनेत्री अनीत पड्डा काठमाडौँ आएकी छन् । अनीत आफ्नी साथी अभिनेत्री तेन्जिन ल्हाकिलासँग समय बिताउन काठमाडौँ आएकी हुन् ।

ल्हाकिलाले अनीतसँग काठमाडौँको बौद्धलगायतका स्थानमा घुमेका तस्बीर सामाजिक सञ्जालमा सेयर गरेकी छन् । ल्हाकिला र अनीतले यसअघि 'बिग गर्ल्स डोन्ट क्राइ' नामक वेभ सिरिजमा एक साथ काम गरेका थिए । 

अनीतले सो सिरिजपछि यश राजको फिल्म सैयारामा अभिनय गर्ने अवसर पाएकी थिइन् । सैयाराले बलिवुड बक्स अफिसमा कैयौं किर्तिमान बनाउदै सुपरहिट बनेको थियो । सैयारामा अनीत र अभिनेता आयान पाण्डेको अभिनयको निकै प्रसंशा भएको छ र दुवैलाई बलिवुडका आगामी सुपरस्टारको संज्ञा दिइएको छ ।

 

तस्बीर: तेन्जिन ल्हाकिला/इन्स्टाग्राम 

   

 

Single Image

Single Image

Single Image

Single Image

बुधबार १८ भदौ २०८२ ११:०२ AM मा प्रकाशित

प्रतिक्रिया