×

मिस नेपाल-२०२४ को उपाधि आस्मा कुमारी केसीलाई

images

काठमाडौं ।  आस्मा कुमारी केसी सन् २०२४ की मिस नेपाल बनेकी छन्।  द हिडन ट्रेजरले शनिवार साँझ आयोजना गरेको ३० औं संस्करणको प्रतिस्पर्धामा सहभागी २५ प्रतिस्पर्धीलाई पाखा लगाउँदै आष्माले यो उपाधिमाथि कब्जा जमाएकी हुन् ।

योसँगै अब उनले मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्नेछन् । प्रतियोगितामा करुणा रावतले मिस नेपाल इन्टरनेशनल तथा सुमना केसीले मिस नेपाल अर्थको उपाधि जितेका छन् ।  

यो वर्ष २६ सुन्दरीहरु सौन्दर्य प्रतियोगितामा सहभागी थिए । शुभेच्छा कार्की, आश्माकुमारी केसी, सुमना केसी, निभिता चापागाईं, सिम्रिका मानन्धर, आँचल खत्री, उर्जा नेवा, करुणा रावत, अञ्जना पुन, राधिका थापा, इभा गिरी, दृष्टि थापा, दिक्षा अवस्थी, इरिना श्रेष्ठ, ललिता शेरबुजा, किम्ती श्रेष्ठ, प्रेभिटा स्वाँर, रोशनी दाहाल, समीक्षा निरौला, प्रसुना भुसाल, पूजा बराल, अम्बिका राना, साइरा खड्का, अनिशा मल्ल श्रद्धा सुमन सिलवाल र सामिन कोइराला सहभागी थिए ।

उनलाई पूर्वमिस नेपाल श्रीच्छा प्रधानले ताज लगाइदिएकी थिइन्। यस्तै सुमना केसी मिस अर्थ भएकी छन् भने मिस नेपाल इन्टरनेसनको ताज करूणा रावललाई प्रदान गरिएको छ।

शनिबार १९ साउन २०८१ ०८:०९ PM मा प्रकाशित

प्रतिक्रिया