×

हैजाको प्रकोप फैलिँदै, २५ जना व्यक्तिमा पुष्टि

images

काठमाडौं ।  वर्षायामसँगै हैजाको प्रकोप फैलिएको छ । हालसम्म विभिन्न जिल्लामा गरी २५ जनामा हैजा पुष्टि भएको छ । यो तथ्याङ्क कल्चर गरेर आएको हो । यसबाहेक आरडिटीमार्फत पनि हैजा पुष्टि भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौँ, ललितपुर, कैलाली, प्युठान जिल्लामा हैजाको प्रकोप देखिएको छ । महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले कल्चरबाट २५ जना व्यक्तिमा हैजा पुष्टि भएको बताए ।

एक साताअघि ललितपुरमा पुष्टि भएको हैजा प्रकोपका रूपमा बढ्न थालेको छ । शुक्रबार मात्रै ललितपुरमा थप दुई जनामा हैजा देखिएको छ ।

निर्देशक डा. घिमिरेले हैजा महामारीजन्य रोग भएकाले एक व्यक्तिलाई हैजा छ भने उसको हेरचाह गर्ने व्यक्तिले सतर्कता अपनाउनुपर्ने बताए  ।

डा. घिमिरेले हैजा दिसाबाट सर्ने भएकाले दिसा गरिसकेपछि राम्रोसँग हात धुनुपर्ने जनचेतना जनस्तरमा बढाउनुपर्ने बताए । डा. घिमिरेका अनुसार हैजा भिब्रियो कोलेरा नामक कीटाणुले लाग्ने सङ्क्रामक रोग हो ।

शनिबार १९ साउन २०८१ १०:३० AM मा प्रकाशित

प्रतिक्रिया