×

आज पनि बढ्यो सुनचाँदीको मूल्य, सुन प्रतितोला २ लाख ९० हजार नाघ्यो

images

काठमाडौँ ।स्थानीय बजारमा सुनचाँदीको मूल्यले नयाँ कीर्तिमान कायम गर्ने क्रम जारी राखेको छ। बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्यमा भारी वृद्धि भएको छ भने चाँदीको मूल्य पनि बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा रु ७ हजार २०० ले बढेको छ। नयाँ मूल्य निर्धारण भएसँगै छापावाल सुन प्रतितोला रु २ लाख ९० हजार ७०० कायम भएको छ। यसअघि बिहीबार छापावाल सुन प्रतितोला रु २ लाख ८३ हजार ५०० मा कारोबार भएको थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज चाँदी तोलामा रु १६५ ले बढेर प्रतितोला रु ४ हजार ६१५ कायम भएको महासङ्घले जनाएको छ। बिहीबार चाँदी प्रतितोला रु ४ हजार ४५० मा खरिदबिक्री भएको थियो।

अन्तर्राष्ट्रिय बजारको प्रभाव

अन्तर्राष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको मूल्य आकाशिएको छ। आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुन ४ हजार १७९ अमेरिकी डलर र प्रतिऔँस चाँदी ६२ अमेरिकी डलर वरपर कारोबार भइरहेको एजेन्सीहरूले जनाएका छन्। अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावकै कारण स्थानीय बजारमा पनि मूल्य बढेको व्यवसायीहरूको भनाइ छ।

शुक्रबार​ १९ असार २०८३ १२:०१ PM मा प्रकाशित

प्रतिक्रिया