बाँचि रहेछन आफ्नो- - चेतनालाई मारेर
जागी - रहेछ आफ्नो- संवेदनालाई मारेर
एउटा बाटो बन्द भए अर्को बाटो खुला हुन्थ्यो
किन रोक्छौ यात्रा सबै सम्भावनालाई मारेर
गरीबको लागि सिंगो आकाश दिएको छ छानो
भन कहाँ जान्छौ तिमी मेरो कामनालाई मारेर
जान्छन कोही -वनवास ञ् तपस्वी बन्नलाई
मोक्ष कहाँ - मिल्छ र त्यसै वासनालाई मारेर
लडेर जित्नु -पर्छ हारेर भाग्नु हुन्न कहिले
को छैन दुनियाँमा बाँचेको चाहनालाई मारेर।
प्रतिक्रिया