काठमाडौं । काठमाडौ गुर्खाजलाई पराजित गर्दै चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा विजयी सुरुवात गरेको छ। सोमबारको पहिलो खेलमा चितवनले काठमाडौलाई ५ विकेटले पराजित गर्दै एनपीएलमा सुखद सुरुवात गरेको हो। काठमान्डुले दिएको ११२ रनको झिनो लक्ष्य चितवनले १७ बल बाँकी छँदै ५ विकेटको क्षतिमा हात पारेको हो ।
चितवनको जितमा पाकिस्तानी बलर सोहेल तनवीरले महत्वपूर्ण योगदान गरे । उनले आफ्नो ४ ओभरमा २१ रन मात्र दिदएर ५ विकेट लिए । आफ्नो उत्कृष्ट स्पेलको लागि उनी प्लेयर अफ द म्याच घोषित भए ।
चितवनका लागि सन्तोष कार्कीले सर्वाधिक २८ रन बनाए । ल्युक बेंकेस्टेनले २२, हसन इसाखिलले १२ रन बनाए । कुशल मल्ल, रवि बोपारा र शरद भेषावकरले समान ११ रन बनाए । काठमान्डुका लागि शहाव आलमले ३ विकेट लिए । गेरहार्ड एरास्मस र ड्यान डथवेटले १–१ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको काठमान्डुले १११ रन बनाउँदा अलआउट भएको थियो । काठमान्डुका लागि मिचेल लेभिटले २५, सुमित महर्जनले २४, ड्यान डथवेटले १९, शंकर रानाले १६ रन बनाए । चितवनका लागि तनवीरले ५, रिजन ढकाल, कुशल मल्ल, अमर रौतेला र ल्युक बेंकेस्टेनले १–१ विकेट लिए ।
प्रतिक्रिया