×

सन्दीप मुद्दामा सरकारी वकिल पक्षको बहस सकियो

images

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणीको मुद्दामा सरकारी वकिल र जाहेरवालाको पक्षबाट बहस सकिएको छ ।

सरकारी वकिलको तर्फबाट न्यायाधिवक्ता लक्ष्मण उपाध्याय घिमिरेको नेतृत्वमा तीन र जाहरेवालाको पक्षबाट चार कानुन व्यवसायीले बहस गरेका छन् ।

आफूहरूले सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्नुपर्ने जिकिर गरेको न्यायाधिवक्ता घिमिरेले जानकारी दिए ।

अब सन्दीपका तर्फबाट कानुन व्यवसायीले बहस गर्नेछन् ।

अदालतको कार्यसमय अपराह्न ४ बजे नै सकिने हुनाले सन्दीपका कानुन व्यवसायीको तर्फबाट बहस सुरु भए पनि आज सकिने छैन ।


 

बुधबार १६ कात्तिक २०७९ ०३:४७ PM मा प्रकाशित

प्रतिक्रिया