काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यालयमा तालाबन्दी गरिएको छ ।
४० वर्षमुनीका युवाहरुको कांग्रेस सुधार अभियानले सानेपास्थित कांग्रेस पार्टी केन्द्रीय कार्यालयमा प्रदर्शन गर्दा तालाबन्दी गरेको हो ।
अभियानले पार्टी कार्यालय प्रवेश गर्ने मुख्य गेटमै तालाबन्दी गरेको छ । उनीहरूले नियमित महाधिवेशन र युवाको प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने माग राखेका छन् । साथै अभियानमा सहभागी युवाहरुले केन्द्रीय समितिको बैठकले नियमित महाधिवेशन गर्ने निर्णय नगरेमा नेताहरुलाई घेराउ गर्ने चेतावनी पनि दिएका छन् ।
महाधिवेशन बारे विवाद हुदा कांग्रेसको आज बस्ने भनिएको केन्द्रीय समितिको बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको छ । विवाद मिलाउन भन्दै शनिबार र आइतबार बिहान गरिएका बैठकमा सहमति जुट्न नसकेको नेताहरुले बताएका छन् ।
प्रतिक्रिया