×

रोनाल्डोको दुई गोलमा अल नासर विजयी

images

काठमाडौँ । अल नासरले क्रिस्टियानो रोनाल्डोको २ गोलमा अल फेईहामाथि रोमाञ्चक जित हासिल गरेको छ । गएराती सम्पन्न साउदी प्रो लिग अन्तर्गतको खेलमा अल नासरले अल फेईहालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

यस खेलमा रोनाल्डोले पहिलो गोल खेलको ३७औं मिनेटमा गरेका थिए । १-० ले पछि परेको अल नासरलाई कमब्याक गराउदै रोनाल्डोले बराबरी गोल गरेका थिए । त्यसपछि रोनाल्डोले खेलको ९० मिनेटपछिको इन्जुरी समयमा पेनाल्टी मार्फत गोल गर्दै अल नासरलाई महत्वपूर्ण ३ अंक दिलाएका थिए ।

यसअघि खेलको १३औं मिनेटमा अल फेईहाका लागि जासनले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए ।

यो जितपछि साउदी प्रो लिगमा अल नासरको अपराजित रहदै ७ खेलमा २१ अंक भएको छ र लिगमा शिर्ष स्थानमा छ । त्यसैगरी अल फाईहाको ७ खेलमा ८ अंक रहेको छ र लिगमा १०औं स्थानमा छ ।

आइतबार​ १७ कात्तिक २०८२ ०९:३६ AM मा प्रकाशित

प्रतिक्रिया