×

श्रीमतीको पर पुरुषसँग सम्बन्ध देखे, चक्कुले घाँटीमा हाने

images

एक व्यक्तिले सपनामा आफ्नी श्रीमतीको पर पुरुषसँग सम्बन्ध भएको देखे । सपनामा देखेको कुराले उनलाई बिपनामा यति रिस उठायो कि उनले श्रीमतीलाई चक्कुले हमला गरे । ती व्यक्तिले श्रीमतीको गर्धन र हातमा थुप्रै पटक हमला गरेर उनलाई घाइते बनाए र फरार भए ।

घाइते अवस्थामा नै श्रीमतीलाई अस्पताल लगियो जहाँ उनको उपचारपछि ज्यान भने बचेको छ । ९ अगस्टमा भएको घटनापछि फरार रहेका आरोपी श्रीमानलाई अहिले पक्राउ गरिएको छ । करिब पाँच हप्तापछि प्रहरीले उनलाई पक्राउ गरेको छ ।

द मिररको खबर अनुसारघटना ब्राजिलको प्लेनाल्टिनाको हो । यहाँ ३७ वर्षका एक व्यक्तिमाथि सपनामा देखेको कुरालाई वास्तविक ठानेर हमला गरेको आरोप लागेको छ । श्रीमतीको गर्धन र हातमा गम्भीर चोट लागेको छ ।

बुधबार १६ कात्तिक २०७९ ०४:३१ PM मा प्रकाशित

प्रतिक्रिया