एक जोडीले विवाहका लागि यस्तो स्थल छानेका छन् जसले धेरैलाई अचम्मित बनाएको छ । एक जोडीले आफ्नो जीवनको सबैभन्दा विशेष पललाई त्यस्तो स्थानमा मनाए जहाँ धेरैजसो मानिसहरु अन्तिम संस्कारका लागि पुग्ने गर्छन् । यो जोडीले फ्युनरल होम (समाधि स्थल) मा नै विवाह गरे ।
मिरर डट को डट युकेका अनुसार याे घटना अमेरिकाको हो । क्यालिफोर्नियाको रिडलीमा बस्ने २७ वर्षकी नोर्मा निनोले २९ वर्षका एक्सेलसँग विवाह गरेकी छिन् । विवाहका लागि नोर्मा शववाहनमा पुगेकी थिइन् । उनीहरुले कफिनले घेरिएको स्थानमा विवाह गरेका हुन् ।
साधारणतया अमेरिकामा विवाहका लागि दुलहीले सेतो गाउन लगाउने गर्छन् र अन्तिम संस्कारमा भाग लिन कालो पहिरन लगाउने गर्छन् । तर यो अचम्मको विवाहका लागि नोर्माले कालो लुगा लगाएकी थिइन् । तर विवाहमा सरिक धेरैजसो मानिसले यो अचम्मको वेडिङ थिममा हैरानी जताए । तर कफिन बनाउने काम गर्ने नोर्माले आफ्नो विवाहलाई ‘परफेक्ट’ बताइन् ।
प्रतिक्रिया