×

थापाथलीमा नेपाल प्रहरी र महानगरीय प्रहरी आमने सामने

images

काठमाडौँ । काठमाडौँ महानगरले थापाथलीस्थित ट्राफिक प्रहरी पोष्ट भत्काउन डोजर पठाएपछि नेपाल प्रहरी र महानगरीय प्रहरी आमने सामने भएका छन् । 

ट्राफिक पोष्टसहितका भौतिक संरचना संस्कृतिक सम्पदाको क्षेत्रमा बनेको भन्दै महानगरले यसअघि नै हटाउन समय दिएको थियो ।

महानगरको टोली सम्पदा क्षेत्रमा बनेका संरचना हटाउन डोजर लिएर थापाथली पुगेपछि ट्राफिक पोष्टलाई नेपाल प्रहरीले सुरक्षा दिएका छन् । अहिले पोष्टको सुरक्षा गर्न ठुलो संख्यामा प्रहरी तैनाथ गरिएको छ । त्यस्तै महानगरीय प्रहरीको डोजरले अन्य संरचना भत्काइरहेको छ । 

यो ट्राफिक पोष्ट २०३० सालदेखि यस स्थानबाट सञ्चालन हुँदै आएको थियो । काठमाडौँ उपत्यका ट्राफिक कार्यालयले शनिबार मात्र पोष्ट हटाउने सूचना आएको भन्दै तत्काल पोष्ट अन्यत्र स्थानान्तरण गर्न नसकिने भन्दै महानगरलाई भत्काउन नदिने बताएको छ ।

आइतबार​ १७ कात्तिक २०८२ ०४:०० PM मा प्रकाशित

प्रतिक्रिया