×

मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण गर्ने तयारी

images

काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले नेपालमा मनसुन निष्क्रिय भएसँगै मेलम्चीको पानी काठमाडौं उपत्यकामा पथान्तरण गर्ने तयारी सरकार पर्खेर बसेको बताएका छन्। जल तथा मौसम विज्ञान विभागले अबको दुई(तीन दिन भारी वर्षा हुने पूर्वानुमान गरेकाले त्यो अवस्था पार गरेसँगै केही दिनभित्र मेलम्चीको पानी वितरण गर्न आवश्यक व्यवस्था गर्न तयार रहको उल्लेख गरे ।

‘२०७८ सालको बाढीपहिरोले गर्दा मेलम्चीमा ठूलो क्षति भयो। त्यसको कारणले गर्दा वर्षातमा मुहान बन्द गर्छौं। वर्षा सकिएपछि मात्रै पानी दिन्छौँ। तर मलाई लाग्छ मौसम विज्ञानले फेरि केही दिन कोशी र बागमती प्रदेशमा अलर्ट रहनु भनेकाले रोकेका छौँ तर यो चेतावनी सकिए लगत्तै हामी मेलम्चीको पानी खोल्छौँ,’ उनले भने।

उनले अगाडि भने, ‘मेलम्चीको पानी खोल्नेबित्तिकै त्यो समस्या समाधान हुन्छ। त्यो भन्दाअघि पाइपको पनि डिजिटल प्रणाली छ, त्यसबाट कहाँ कहाँ पाइप फुटेको छ, कहाँ नष्ट भएको छ, त्यो हेर्ने काम गरिरहेका छौँ। तत्काल मर्मत गरेर पानी छोड्ने हामीले सोचेका छौँ। पानी खोल्नुभन्दा अगाडि एउटा ठूलो महाभारत छ त्यो भनेको मेलम्चीका स्थानीयहरूको आन्दोलन। त्यहाँ बाढीपहिरो पीडितहरूको आन्दोलन छ। त्यसले समस्या गरेको छ, हाम्रा कर्मचारी त्यहाँ जानुभएको छ। उहाँहरूको केही कुरामा विमति छ, त्यसमा मन्त्रालय गम्भीर छ। उहाँहरुको जायज मागमा सम्बोधन गर्नेतर्फ हामी लागेका छौँ। पानी छोड्न उहाँहरुले कुनै कठिनाइ गर्नुहुन्न भन्ने मलाई विश्वास छ। दुई तीन दिनपछि पानी खोल्नेछौँ।’

बुधबार १६ असोज २०८१ ०९:३१ PM मा प्रकाशित

प्रतिक्रिया