×

गृहमन्त्री खाँणले भेटे माधव नेपाललाई, एमसीसीको विषयमा छलफल

images

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् ।

 

गृहमन्त्री खाँण आज माधव नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका हुन् । भेट नियमित भएको माधव नेपालको सचिवालयले जनाएपनि एमसीसीलाई लिएर दुई नेताबीच छलफल भएको बुझिएको छ ।

सरकारले हिजोमात्रै स्थानीय तहको निर्वाचन आगामी जेठ ४ गते गर्ने भनेको छ । यही सन्दर्भमा गृहमन्त्री खाँणले अध्यक्ष नेपाललाई भेटेका हुन् । भेटमा निर्वाचनको विषयमा केन्द्रित रहेर लामो छलफल भएको स्रोतको दाबी छ ।

पछिल्लो समय एमसीसीको विषयलाई लिएर पाँच दलीय गठबन्धन नै टुट्ने चर्चा छ ।

बुधबार १९ माघ २०७८ ०३:४१ PM मा प्रकाशित

प्रतिक्रिया