अवसर नपाएकालाई राष्ट्रियसभा उमेदवार बनाउने माओवादीको तयारी

    images


    काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले अवसर नपाएकालाई उमेदवार बनाउने तयारी गरेको छ ।

    पार्टीका उपाध्यक्ष एंव प्रवक्ता अग्निप्रसाद सापकोटाले घाइते, अपांगता भएकाहरूलाई प्राथमिकता दिनुपर्ने मोटामोटी समझदारी बनेको बताए । 
    “घाइते, अपांगता भएका, अहिलेसम्म अवसर नपाएकाहरू, पहुँच र प्रभावमा नभएकाहरूलाई प्राथमिकता दिनुपर्छ भनेर प्रारम्भिक कुराकानी भएको छ,” उनले भने । 

    गठबन्धनमा सिटबारे निर्णय भइसकेपछि उमेदवारबारे छलफल हुने उनले जानकारी दिए ।
     

    मङ्गलबार १७ पुस २०८० ०२:५३ PM मा प्रकाशित

    प्रतिक्रिया