काठमाडौं । काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन पुसको २६ गतेदेखि काठमाडौंमा हुने भएको छ। २६ देखि २८ गतेसम्म काठमाडौंमा गर्नेगरी निर्णय भएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिएका छन्।
आज सानेपामा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमिति बैठकले सर्वसम्मत रूपमा महाधिवेशन कार्यतालिका ल्याउने निर्णय गरेको हो।
त्यस्तै, वर्तमान कार्यसमितिको म्याद मंसिर मसान्तसम्म रहेकोमा म्याद पनि आगामी माघ मसान्तसम्म थपिएको प्रवक्ता महतले बताए । त्यस्तै ५ पुस भित्र क्रियाशील सदस्यता नवीकरण र वितरणको काम सम्पन्न गरिसक्ने कार्यतालिका निर्धारण गरेको छ । क्रियाशील सदस्यता नवीकरण र वितरणको सम्पूर्ण काम ५ पुसभित्र गरी सक्ने निर्णय गरेको हो । निर्णयमा ५ पुसमा केन्द्रबाट नवीकरण र नयाँ वितरण भएको क्रियाशील सदस्यताको नामावली स्वीकृत गर्ने अवधि तोकिएको छ ।
कांग्रेसले क्रियाशील सदस्यता नवीकरण नभएका, छुटेका, विवरण पठाउन बाँकी रहेका जिल्लाले कार्यसमिति बैठकको निर्णय, नवीकरणको सूचीको अन्तिम नामावली र रकम केन्द्रमा पठाउने अन्तिम मिति २५ मंसिर तोकेको छ । यस्तै पुस ८ भित्र छुट भएकाहरूको नामावली, निर्णय र रकम केन्द्रमा पठाउन सकिने निर्णयमा भनिएको छ ।
कांग्रेसले नेपाली जनसम्पर्क समितिले क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणको सम्पूर्ण काम मंसिर मसान्तभित्र गरी सक्ने भनेको छ । निर्णयमा क्रियाशील सदस्यता नयाँ र नवीकरणको नामावली केन्द्रमा पठाउने अवधि ३ पुसका लागि तोकेको छ ।






प्रतिक्रिया