काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको भनाइप्रति कटाक्ष गर्दै फुटेपछि एकताको आवश्यकता याद गर्नु वाहियात भएको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै नेता बास्कोटाले नेपालका वाम्पन्थी मिसिने तर नमिल्ने हिन्द र प्रशान्त महासगर जस्ता प्रवृत्तिवाट अभिशप्त रहेको बताउदै फुटेपछि एकताको आवश्यकता याद गर्नु वाहियात भएको टिप्पणी गरेका हुन् ।
यसअघि शुक्रबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जाल मार्फत पार्टी छाडेकाहरूलाई घर फर्किन आव्हान गरेका थिए ।
बास्कोटाले भनेका छन्:
फुटेपछि एकताको आवश्यकता याद गर्नु वाहियात हो । तर नेपालका वाम्पन्थी त्यै प्रवृत्तिवाट अभिशप्त छन । मिसिने तर नमिल्ने हिन्द र प्रशान्त महासगर जस्ता । कारण-गहिराईको चाप र नेतृत्वको राप । फुट भन्दा जुट राम्रो तर ढोक्सामा परेको माछी नहुनु अर्कोले तारेर खाए वा सुरुवा बनाएर पिए पनि हुने ।
प्रतिक्रिया