काठमाडौँ । नेपाल आयल निगमले भारतबाट पेट्रोलियम पदार्थको मुल्य बढेर आएको जानकारी दिएको छ ।
निगमले भारतबाट मुल्य बढेर आएको भएपनि आसन्न चाडपर्वको अवसरमा आम उपभोक्तालाई मुल्य वृद्धिको चाप कम गर्न मुल्य नबढाएको स्पष्ट गरेको छ ।
निगमले पेट्रोलमा ०.२४ रुपैयाँ, डिजलमा २.३५ रुपैयाँ, मट्टीतेलमा २.३९ रुपैयाँ, हवाई इन्धनमा ३.३९ रुपैयाँ र ग्याँस सिलिण्डरमा ३.६० रुपैयाँले बढेर आएको जनाएको छ ।
प्रतिक्रिया