बागलुङ – यही असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण बागलुङ जिल्लाका विभिन्न स्थानमा गएको विनाशकारी पहिरोमा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ। असोज ११ गते तमानखोला गाउँपालिकामा गएको पहिरोमा परी बेपत्ता भएकी एक महिलाको शव फेला परेसँगै मृतकको संख्या १३ पुगेको हो।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंका अनुसार पहिरो गएको चार दिनपछि बुधबार तमानखोला गाउँपालिका–४ सन्तर निवासी ५३ वर्षीया पुनसरा विकको शव पहिरोको लेदो र भग्नावशेष भित्रबाट फेला पारिएको हो। यो सँगै जिल्लामा विपद्मा परी बेपत्ता भएकाहरूको खोजी कार्य र पहिचानको विवरण संकलन लगभग अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ।
प्रहरीले सार्वजनिक गरेको अध्यावधिक विवरण अनुसार, अविरल वर्षाका कारण घर पुरिँदा जिल्लाका तीनवटा स्थानीय तह सबैभन्दा बढी प्रभावित भएका छन् ।
हस्तवीर श्रीपाली र उडिसरा श्रीपाली रहेका छन्। त्यस्तै ताराखोला गाउँपालिका–५ सिपमा घर पुरिँदा ५५ वर्षीय दिलबहादुर पुन र उनकी ७९ वर्षीया सासू नरमाया रोकाको समेत ज्यान गएको थियो।
पहिरोका कारण विस्थापित भएका सयौँ नागरिकहरूलाई स्थानीय विद्यालय र सामुदायिक भवनहरूमा आश्रय दिएर राखिएको छ। नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासीको टोलीले प्रभावित क्षेत्रमा राहत तथा अवरुद्ध सडकहरू खुलाउने प्रयास गरिरहेका छन्।
प्रतिक्रिया