×

युक्रेन युद्ध बारे पुटिनले एससीओ शिखर सम्मेलनमा के भने ?

images

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत महिना अलास्कामा भएको भेटवार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग युक्रेन युद्ध अन्त्य गर्ने बारेमा 'आपसी समझदारी' भएको बताएका छन् । शंघाई सहयोग संगठन (एससीओ ) शिखर सम्मेलनमा पुटिनले ट्रम्पसँग युक्रेन युद्ध अन्त्य गर्ने बारेमा 'आपसी समझदारी' भएको बताउदै युक्रेनमाथि आक्रमण गर्ने आफ्नो निर्णयको बचाउ गरेका छन् ।

तर उनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग शान्ति वार्ताको लागि तयार छन् कि छैनन् भन्ने कुरा स्पष्ट रुपमा भने भनेनन् । अलास्का बैठक पछि, अमेरिकी विशेष दूत स्टीव विटकोफले पुटिनले युक्रेनलाई सुरक्षा ग्यारेन्टी प्रदान गर्न सहमत भएको बताएका थिए । 

आफ्नो भाषणमा, पुटिनले अलास्कामा ट्रम्पसँगको भेटवार्तामा भएको सहमतिपछि ट्रम्प सो दिशामा अगाडि बढिरहेको र युक्रेनमा शान्तिको बाटो खोलिरहेको आफुले विश्वास गरेको बताए ।

उनले युद्धको दोष युक्रेनलाई नाटोमा सामेल गराउने उद्देश्यले पश्चिमा देशहरूको निरन्तर प्रयासलाई लगाए । पुटिनले युक्रेनलाई पश्चिमी सैन्य गठबन्धन नाटोमा सामेल गर्ने विचारको निरन्तर विरोध गर्दै आएका छन् । २०१४ मा, पुटिनले क्रिमियालाई आफ्नो कब्जामा लिए र रूस समर्थक समूहहरूले पूर्वी युक्रेनका केही भागहरू कब्जा गरेका थिए ।

 

सोमबार १६ भदौ २०८२ ०५:१५ PM मा प्रकाशित

प्रतिक्रिया