×

जबजको मान्यता अनुसार पार्टीको संगठन अझै निर्माण गर्न सकेका छैनौं- महासचिव पोखरेल

images

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जबजको मान्यता अनुसार पार्टीको संगठन निर्माण गर्न नसकेको बताएका छन् ।

पुर्व मन्त्रीएंव एमाले नेता आनन्द पोखरेलको पार्टी निर्माणका अधार पुस्तक सार्बजनिक गर्दै महासचिव पोखरेलले जबजले आधारतभुत तहसम्म पार्टीको चेनअफ कमाण्ड स्थापित हुनुपर्नेमा अझै त्यसो गर्न नसकेको बताएका हुन् ।

उनले भने- हामीले वडालाई केन्द्र बनाएर काम गर्न सकेका छैनौं । अहिले पालिका तहको सक्रियतानै पार्टी जीवन्त रहेको आधार मान्ने हो भने देशको निर्णायक राष्ट्रिय शक्तिशाली पार्टी बन्ने लक्ष्य पुरा गर्न सक्दैनौं । हाम्रो नीति जनमत धुर्बिकरणको नीति बनाउन सकेका छैनौं । हामीले हाम्रो संगठनात्मक प्रणालीलाई आधारभूत तहसम्म पुर्याउन जरुरी छ र यो टोलतहसम्म पार्टीलाई पुर्याउनु पर्छ ।'

महासचिव पोखरेलले वडा तहसम्म अनिवार्य पार्टी कार्यालय बनाउनु पर्ने बताउदै त्यसो गर्न नसके हाम्रो सामर्थ्य कम्जोर छ भन्ने बुझ्नुपर्ने बताए ।  उनले जतिबेला एमालेको नीतिलाई राष्ट्रको मुख्य नीति बनाउन सक्छौं, त्यति बेला मात्र पार्टी राष्ट्रको निर्णायक शक्ति बन्ने उनले बताए ।

 

सोमबार १६ भदौ २०८२ ०५:०६ PM मा प्रकाशित

प्रतिक्रिया