×

प्रधानमन्त्री प्रचण्ड भेटन ओली बालुवाटारमा

images

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच सोमबार बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री दाहालसँग भेट्न ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन्।

सत्तारुढ दलका दुई शीर्ष नेताबिच लगातार दोस्रो दिन भेटवार्ता भएको छ । यसअघि आइतबार पनि दुई नेतासहित उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबिच सिंहदरबारमा छलफल भएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिक परिस्थिति, सरकारका कामकारबाही, शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउने लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

शनिबार अध्यक्ष ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच ३ घण्टा लामो छलफल भएपछि सत्ता समीकरणबारे विभिन्न अड्कलबाजीहरू भइरहेका छन् । यही आशङ्काबिच दुई नेताको भेटघाट बाक्लिएको हो । पछिल्लो एकहप्ता यता नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवासँग नियमित संवादमा रहेका ओलीसँग प्रधानमन्त्री प्रचण्डले आइतबार पनि दुई घण्टा सिंहदरबारमा छलफल गरेका थिए।

 

सोमबार १७ असार २०८१ ११:२० AM मा प्रकाशित

प्रतिक्रिया